भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन हुने
काठमाडौं — सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
आज बसेको समितिको बैठकले भदौ १७ गते बस्ने प्रतिनिधि सभा बैठकमा २०८३ भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे दलगत रूपमा धारणा राख्ने निर्णय गरेको हो।
बैठकमा बाढीबाट भएको क्षतिका विषयमा विशेष प्रस्तावसमेत पारित गरिनेछ। त्यसपछि प्रतिनिधि सभाका बैठकहरू कार्यभारअनुसार क्रमशः सञ्चालन गर्दै जाने निर्णय भएको छ।
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि त्यसबारे सदनमा छलफल तथा आवश्यक निर्णय गर्न लागिएको हो।