रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, ४ हजार ६०३ जना बेपत्ता
रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार नाघेको सरकारले पुष्टि गरेको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार हालसम्म १ हजार ५८ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० जना बालक, ३५ जना बालिका, २३२ जना महिला र ३७१ जना पुरुष छन्। त्यस्तै, ३९० जनाको आंशिक अंग मात्र फेला परेको प्रहरीले जनाएको छ।
हालसम्म ५८ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। थप ९७२ जनाको मुचुल्का तयार गरी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यस्तै, ६८४ जनाको शव जमिनमुनि गाडिएको विवरणमा उल्लेख छ।
बाढीपछि अझै ठूलो संख्यामा मानिस बेपत्ता छन्। प्रहरीका अनुसार ४ हजार ६०३ जना बेपत्ताको सूचीमा रहेका छन्।
भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ।