सरकारको कार्यक्रम: ठूला आयोजनालाई बजेट अभाव हुन्न, फजुल खर्च कटौती
कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारणले गर्दा अर्थतन्त्र सुस्त भए पनि निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उनले निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन्।
यसका लागि सरकारले स्रोत साधनको अधिकतम उपयोग गर्ने उनको भनाइ छ ।
सरकारले फजुल खर्च तथा अनावश्यक खर्च कटौती गरी भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने उनले बताइन्।