सुनको मूल्य १ सय र चाँदीको ४० रुपैयाँले बढ्यो
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८ सय १५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला केही दिनयता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिँदै आएको छ।