नेपालगञ्जमा १३ लाख अवैध नेपाली रुपैयाँसहित २ पक्राउ
(काठमाडौं) बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् ।
गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।