रियल मड्रिडको बार्सिलोनासँग अंक बराबर
(काठमाडौं) रियल मड्रिडले स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-१ ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा गोल खाँदै पछि परेको रियलले त्यसपछि पुनरागमन गर्दै ३ गोल गरेको हो ।
जितपछि रियलले १३ खेलबाट बार्सिलोना समान २८ अंक जोडेको छ । खेलको दोस्रो मिनेटमै विलियन जोसेले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर त्यो लामो समय टिकेन । करिम बेन्जामाले ३७औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफमा बराबरी गरेको रियलले दोस्रो हाफमा २ गोल थप्यो । ४८औं मिनेटमा फेडेरिको भलभेर्ड र ७४औं मिनेटमा लुका मोडरिचले गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।