मोरङमा बसबाट खसेर एक महिलाको मृत्यू
काठमाण्डाै : मोरङको मिक्लाजुङ गाउँपालिकामा सोमबार विहान सवावी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सोमबार विहान पौने ८ बजेको समयमा मिक्लाजुङ गाउपालिका–७ मधुमल्ला स्थित मधुमल्ला–तोरीबारी भित्री सडक खण्डमा तोरीबाट मधुमल्लातर्फ आउदै गरेको ना २ ख ५२२७ नं. को बसमा सवार ईलाम चुलाचुली गाउपालिका वडा नं. ६ बस्ने बर्ष ८० की नन्द कुमारी राई बसबाट खसेकी थिइन् ।
बसबाट खस्दा सोही बसले ठक्कर दिएर गम्भीर घाइते बनेकी राईको उर्लाबारी स्थित अरनीको अस्पतालमा उपचाको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानाएको छ ।