अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना घाइते
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। शुक्रबार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा बस दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनाका बेला बसमा ३० जना यात्रु सवार थिए। तीमध्ये चार जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुलाई पनि चोटपटक लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि शितगंगास्थित स्वास्थ्य संस्थामा लगिएको छ। प्रहरीका अनुसार बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।