वर्षातको कारण काठमाण्डौ एक बस्तिनै डुबानमा
काठमाण्डौ १८ भाद्र । म्ंगलबार साँझ परेको वर्षातको कारण काठमाण्डौमा एक बस्ति नै डुबानमा परेको छ ।
काठमाण्डौ गोकणेश्वर नगरपालीकाको जोरपाटी दक्षिण ढोकाको बस्तिमा म्ंगलबार साझ परेको वर्षातको कारण डुबानमा परेको हो । सामान्य बर्षा भएयता सयौं परिवार विस्थापित हनुका साथै । त्येहाका किराना पसल होटेल सहित आवत जावतमा समस्या भएको छ ।
जोरपाटी दक्षिण ढोकाको अन्तरगत पर्ने खैईरेवा खोलामा राम्रो संग ढलनिकास नहुदा सामान्य आकाशे पानी परे खोलाको पानी टोल -टोलमा सडक र बस्तिमा आनउने भएकाले सो समस्या आएको स्थानिय बताउछन।
सामान्य आकाशे पानी पर्दा बिकत दुई बर्ष देखि पटक पटक समस्या आउने गरेको र विहान बेलुकामा आवत जावतमा समस्या पार्नुको साथै विधालयका नानी बाबु हरुलाई आवत जावतमा समस्या समेत परेको स्थानियहरुको भनाई रहेको छ ।
जोरपाटी अन्तरगत चावहिल साँखु र सुन्दरिजल सडक खण्डमा सवारी साधन चल्नुका साथै पैदल यात्रु लाई आवत जावतमा समेत समस्या भएको छ । त्येस्तै नारायनटार, माकल पाटी , ग्रिनहिल सिटी लगाएतका जोरपाटीका आसपासका क्षेत्रहरुमा डुबानले प्रभाबित पुर्याएको छ।


