आज विश्व बाघ दिवस, नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी देश भरि मनाइँदै
काठमाण्डौ १३ श्रावण । आज विश्व बाघ दिवस, नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी देश भरि मनाइँदैछ। बाघ दिवसको अवसरमा । सोमबार ‘पर्यापर्यटन प्रवर्धनका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा आउने पर्यटक बाघ पाइने ठाउँमै बढी जाने गरेका र पर्यापर्यटनको माध्यमबाट स्थानीयबासिन्दाको आयआर्जन बढाउन सकिने भएकाले यसवर्षको बाघ दिवसलाई पर्यापर्यटनसँग जोडिएको विभागका उपमहानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।
यसपटक बाघकै बासस्थानमा स्थानीय बासिन्दा र पालिका प्रतिनिधिसँग छलफल र अन्तरक्रिया गर्दै दिवस मनाउन लागिएको हो । यसअघिका वर्षहरुमा काठमाण्डौमा हुने गरिएको कार्यक्रम यसपटक बाघ पाइने ठाउँमै बसेर मनाउन लागिएको विभागले जनाएको छ । बाघको आकर्षण बढदै गएको बाँके निकुञ्जमा दिवस मनाउन लागिएको विभागका उपमहानिर्देशक भट्टराईले बताउनुभयो ।
संघिय सरकारका प्रतिनिधी तीन वटा प्रदेश सरकारका प्रदेश सरकारका प्रतिनिधीहरु तथा स्थानिय प्रतिनिधीहरुको सहभागितामा पनि बाँके राष्ट्रिय निकुन्जमा कार्यक्रम आज बिहानैदेखि भइरहेको राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु विभागका सुचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले जानकारी दियकाछन ।
सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटले सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको संख्या दोब्बर बनाउने घोषण ग¥यो। त्यही बेलादेखि जुलाई २९ लाई बाघ दिवस मनाउन थालिएको हो। नेपालले बाघको संख्या बढाउनमा सफलता पाउँदै गएको निकुन्जहरुको भनाई छ।
नेपालले प्रतिवद्धता अनुसार बाघको संख्या सन २०२२ सम्ममा २ सय ५० पुर्यानुपर्नेछ । जुन संख्यामा पुग्न अब १५ वटा बढाउनेपुर्ने चुनौती छ। पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या २३५ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन्।
एसियाका १३ देशमा पाइने पाटेबाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो वन्यजन्तु हो। पटेबाघ सबैभन्दा बढी भारतमा रहेको छ। एसियाभर करिब चार हजार संख्यामा पाटेबाघ छ। बाघ घना जंगलमा बस्ने रमाउँछ तर जंगल विनास हुदै जाँदा बाघ संरक्षण सबैभन्दा ठूलो चुनौती बनेको संरक्षणविद्हरूको भनाइ छ।