चीनबाट ल्याइएका सुनका नौँ तोला औठीसहित पक्राउ
काठमाण्डौ : चीनको केरुङबाट अबैधरुपमा ल्याइएको ९ तोला सुनको बेरुवा औँठीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिका गाउँपालिका–२ गुम्बुडाडाका २८ वर्षीय नेमा कर्मा लोप्चन छन् । रसुवागढी नाका हुँदै टिमुरे बजारबाट स्याफ्रुतर्फ आउँदै गर्दा नेपाल प्रहरीको चेकपोष्ट टिमुरेले तीनवटा सुनका बेरुवा औठीसहित उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक इश्वरीप्रसाद भण्डारीले बरामद सुनको मूल्य ५ लाख ७१ हजार रुपैयाँ रहेको बताए। पक्राउ परेका लोप्चनलाई सुनसहित कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।