गोरखामा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते
गोरखाको पालुङटार नगरपालिका–१, सुन्दरखोलास्थित बाह्रकिलो–बारपाक भित्री सडकखण्डमा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते भएका छन्।
आज बिहान करिब १०ः४५ बजे छेपेटारबाट चोरकाटेतर्फ जाँदै गरेको ना.६ त ५८५१ नम्बरको ट्र्याक्टरको पछाडिको ट्रली पल्टिँदा त्यसमा सवार पाँच जना घाइते भएका हुन्।
दुर्घटनामा गोरखा नगरपालिका–१०, छेपेटारका ३५ वर्षीय प्रदीप तामाङ, ३१ वर्षीय कुमार तामाङ, ३८ वर्षीया फूलमाया नेपाली, ३७ वर्षीय मैते लामा र ४९ वर्षीया पदमकुमारी थापा घाइते भएका छन्।
घाइते पाँचै जनालाई उपचारका लागि छेपेटार अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।