जसपा नेपालको कार्यवाहक अध्यक्षमा शरत् सिंह भण्डारी
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव दक्षिण कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा सहभागी हुन जाने भएपछि भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
अध्यक्ष यादवले मंगलबार नोभेम्बर ४ देखि ७ सम्मका लागि भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्दै पत्र दिएका हुन् । यादव कात्तिक १८ देखि २१ गतेसम्म सियोलमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।