वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आशिका सिम्खडा, विष्णु खत्री, दिनेश पाख्रेन तामाङ र राजेश बराम रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले बेलायत, माल्टा, यूएई र सिङ्गापुर पठाइदिने भन्दै पीडितबाट क्रमशः ७ लाख ५० हजार, ६ लाख, २ लाख र १५ लाख ५० हजार रुपैयाँ लिएका थिए।
विदेश नपठाई रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।