बाढीपहिरो प्रभावितलाई पुन मगर समाजद्वारा १६ लाख ७४ हजार राहत सहयोग
म्याग्दी, पर्वत र बागलुङमा बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायलाई पुन मगर समाज नेपाल र बेलायतको सहकार्यमा १६ लाख ७४ हजार ३७५ रुपैयाँ राहत सहयोग गरिएको छ।
सोमबार हस्तान्तरण गरिएको रकममध्ये म्याग्दीमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजार र बागलुङका १३ मृतकका परिवारलाई जनही १० हजार रुपैयाँ वितरण गरिएको छ।
त्यस्तै, प्रभावित स्थानीय तहका विपद् व्यवस्थापन कोष, बस्ती तथा पर्वतका मिर्गौला पीडितलाई समेत राहत रकम उपलब्ध गराइएको समाजले जनाएको छ।