तिहारमा प्लास्टिकका फूल बिक्रीमा काठमाडौं महानगरको प्रतिबन्ध
तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्ध उल्लंघन गरी त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गर्ने चेतावनी दिएको छ ।
नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बजारीकरणलाई प्रोत्साहन गर्न महानगरले नयाँ बानेश्वर, चाबहिल, कोटेश्वर, कलंकी, महाराजगञ्ज, बालुवाटार, भृकुटीमण्डपलगायत विभिन्न स्थानमा बिक्रीस्थल तोकेको छ । महानगरले तिहारमा स्वदेशी फूल तथा मालाको प्रयोग गर्न व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ ।