भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतले लिए शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहबीच तीनै जना नवनियुक्त राजदूतले शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण गर्नेहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
शपथ ग्रहणसँगै तीनै जना राजदूतले सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।