सभामुख अर्यालद्वारा मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली
सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुष्पहार अर्पण गर्दै मधेस आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले सहिदहरूको त्याग र बलिदानको स्मरण गर्दै समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माण गर्ने सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताए।
यसअघि सोमबार बिहान सभामुख अर्याल बाराको कलैयास्थित रामजानकी छठघाट पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजाआराधनामा सहभागी भएका थिए।