नेपाली बजारमा सुनको मूल्य घट्यो, प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम
नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको छ।