कांग्रेस महाधिवेशनको मतदान स्थगित, शुक्रबार बिहान ७ बजेबाट हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ।
निर्वाचन समितिले नयाँ समय तोक्दै शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु गर्ने जनाएको छ।
यसअघि बिहीबार बिहान १० बजेका लागि तय गरिएको मतदान समय पटक–पटक सार्दै दिउँसो साढे २ बजेसम्म पुर्याइएको थियो। तर, तयारी पूरा हुन नसकेपछि मतदान सुरु हुन सकेन।