कांग्रेस महाधिवेशनमा विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव पारित
नेपाली कांग्रेसको जारी महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ।
शर्माले सोमबार पार्टीको समसामयिक प्रस्ताव बन्दसत्रमा पेस गरेका थिए। प्रस्तावमाथि बन्दसत्रमा छलफल भएपछि बुधबार पारित गरिएको हो।
पारित प्रस्तावमा समसामयिक राजनीतिक तथा पार्टीसँग सम्बन्धित विषयहरू समेटिएका छन्। बन्दसत्रमा भएको छलफलपछि प्रस्तावलाई अनुमोदन गरिएको कांग्रेसले जनाएको छ।
महाधिवेशनका क्रममा पार्टीका विभिन्न प्रतिवेदन तथा प्रस्तावमाथि छलफल र निर्णय गर्ने क्रम जारी रहेको छ।