कांग्रेस महाधिवेशनमा सभापति गगन थापाको राजनीतिक प्रस्ताव पारित
नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ। सभापति थापाले सोमबार पार्टीको राजनीतिक प्रस्ताव बन्दसत्रमा पेस गरेका थिए। प्रस्तावमाथि बन्दसत्रमा छलफल भएपछि बुधबार पारित गरिएको हो।
बन्दसत्रमा भएको छलफलपछि राजनीतिक प्रस्तावलाई अनुमोदन गरिएको कांग्रेसले जनाएको छ। महाधिवेशनमा पार्टीका विभिन्न प्रतिवेदन तथा प्रस्तावमाथि छलफल र निर्णय गर्ने क्रम जारी छ।