प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि आवश्यक अध्यादेश ल्याउने विषयमा छलफल तथा निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन्।