कांग्रेस महाधिवेशन : गण्डकीमा किरणबाबु श्रेष्ठ र सुवास पौडेलको अग्रता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्।
१ हजार ९८६ मत गणना हुँदा श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेलले ७०१ मत पाएका छन्।
महिला समूहमा सरस्वती अर्याल तिवारीले ८१९ मतसहित अग्रता लिएकी छन्। ३५ वर्षमुनिका युवा खुलातर्फ सुवास पौडेलले १ हजार २८२ मत प्राप्त गर्दै प्रतिस्पर्धी चेतराज कँडेलभन्दा ६५४ मतको अग्रता बनाएका छन्।
युवा महिलातर्फ डा. कला पन्तले १ हजार १४० मत प्राप्त गरेकी छन् भने एलिजा ढकालले ८०४ मत पाएकी छन्।