आरुघाट पुलमा बेलिब्रिज राख्ने तयारी, मर्मत तीव्र
बुढीगण्डकी नदीमा आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाट पुलको मर्मत कार्य तीव्र पारिएको छ। पुलको भत्किएको भागमा अस्थायी बेलिब्रिज राख्न बेस निर्माण भइरहेको छ।
गत असोज २५ गते आएको बाढीले ८५ मिटर लामो पुलको गोरखातर्फको २२ मिटर आरसीसी भाग बगाएको थियो। पुलको बाँकी ६० मिटर लामो ट्रस भाग भने सुरक्षित रहेको छ।
विजयादशमीअघि नै बेलिब्रिज जडान गर्ने तयारी गरिएको छ। पुलमा क्षति पुगेपछि प्रभावित गोरखा र धादिङबीचको आवागमन बेलिब्रिज जडानपछि सहज हुने अपेक्षा गरिएको छ।