ट्रक र बस ठोक्किँदा बस चालकको मृत्यु, ११ यात्रु घाइते
कपिलवस्तु । शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०३–००१ ख ००९९ नम्बरको बस ठोक्किँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बसमा सवार ११ जना यात्रु घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ का रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।