यु–१९ महिला विश्वकप र एनपीएलका लागि टियु र मूलपानी मैदान स्तरोन्नति तीव्र
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालय (टियु) र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।
क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहका अनुसार प्रतियोगिताका क्रममा दर्शक, पार्किङ र व्यवस्थापनमा देखिएका समस्या दोहोरिन नदिन तयारी भइरहेको छ। दर्शकको सुविधा, बाइक तथा सवारी पार्किङ र मैदान व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बताए।
नेपालले पहिलोपटक आयोजना गर्न लागेको यु–१९ महिला विश्वकपका खेल टियु र मूलपानी मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगितालाई लक्षित गर्दै प्यारापिट, टोलीका विश्रामस्थल तथा आईसीसी, एसीसी र खेलाडीका अभिभावकका लागि आवश्यक संरचना निर्माण भइरहेको क्यानले जनाएको छ।
उपाध्यक्ष सिंहले मूलपानी क्रिकेट मैदानको निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै अन्तर्राष्ट्रियस्तरका थप क्रिकेट मैदान निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका छन्।