थुनिएको मर्स्याङ्दी नदी आंशिक रूपमा बग्न थाल्यो
मनाङ । अविरल वर्षापछि घट्टेखोलामा आएको लेदोसहितको बाढीले थुनिएको मर्स्याङ्दी नदी आंशिक रूपमा बग्न थालेको छ ।
नदी थुनिएर बनेको तालबाट पानीको बहाव क्रमशः खुल्दै गएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । नदी तटीय क्षेत्रका बासिन्दालाई भने अझै सतर्क रहन आग्रह गरिएको छ ।
चार दिनदेखि परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध छन् । बाढी तथा पहिरोले घर, पुल र सडकमा समेत क्षति पुर्याएको जनाइएको छ ।