पहिरो खसेपछि ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
बैतडी । लगातारको वर्षाका कारण बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकखण्ड अवरुद्ध भएको छ ।
पुर्चौंडी नगरपालिका–६ छडाखोलामा आज बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरोका कारण यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।