धापाखेलमा साढे दुई तले घर ढल्यो, मानवीय क्षति भएन
ललितपुर । लगातारको वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलमा मंगलबार बिहान साढे दुई तले घर ढलेको छ ।
वडा कार्यालय नजिकै भिरालो जमिनमा बनेको सोवितकुमार थापाको घर बिहान करिब ६ः३५ बजे ढलेको हो । लगातारको वर्षाले जमिन गलेपछि घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घर जोखिममा रहेको देखिएपछि सोमबार नै परिवारका तीन सदस्यलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन पाएन । घर ढल्दा खोल्सोसमेत थुनिएको छ भने पश्चिमतर्फ रहेको अर्को घर पनि जोखिममा परेपछि खाली गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।