त्रिशूली नदीको कटानले जवाङ खोलामा पृथ्वी राजमार्ग भासिन थाल्यो
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ।
त्रिशूली नदीले सडकको तल्लो भागमा तीव्र कटान गरेपछि बुधबार बिहानदेखि सडकको सतह दबिन थालेको हो। नदीको बहाव बढेसँगै सडकको जगमै क्षति पुग्न थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ।
गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको थियो। आज बिहान सडकको केही भाग धस्सिएपछि उक्त खण्ड भएर आवतजावत गर्ने सवारीसाधन र यात्रुको सुरक्षामा समेत जोखिम बढेको छ।
सडक भासिने क्रम सुरु भएकाले थप क्षति र सम्भावित दुर्घटना रोक्न उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ।