सुनको मूल्य आज तोलामा २८ सय रुपैयाँ बढ्यो
काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
सोमबार तोलामा ५ हजार रुपैयाँ घटेको सुनको मूल्य मंगलबार पनि ३ हजार ८ सय रुपैयाँले घटेको थियो । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।