दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ
मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।
साइबर ब्युरोको टोलीले प्रसाईंलाई केहीबेरअघि नियन्त्रणमा लिएको हो। उनीमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।
सोमबार पक्राउ परेका प्रसाईंलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि साइबर ब्युरोमा लगिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीमाथि लागेको आरोप र अनुसन्धानको थप विवरण भने सार्वजनिक गर्न बाँकी छ।