रामेछापमा ब्रेक फेल भएर सुमो खोल्सामा खस्यो
फर्पुबाट मन्थलीतर्फ आउँदै गरेको सुमो रामेछापको गोकुलगंगा गाउँपालिका–स्थित छतिउने लहर्नीमा दुर्घटनामा परेको छ।
आज बिहान ६६२३ नम्बरको सुमो ब्रेक फेल भएपछि सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल राउतका अनुसार सुमोमा चालकसहित दुई जना सवार थिए। दुर्घटनामा उनीहरू दुवै जना सकुशल रहेका छन्। दुर्घटनाबारे प्रहरीले थप विवरण संकलन गरिरहेको जनाएको छ।