राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/०८३ मा गरेका काम, गतिविधि तथा समावेशीकरणसम्बन्धी विषय समेटिएको जनाइएको छ।
संविधानले दिएको जिम्मेवारीअनुसार आयोगले विभिन्न समुदायको समावेशीकरण, अधिकार तथा अवसरको अवस्थाबारे अध्ययन, अनुगमन र सरकारलाई सुझाव दिने कार्य गर्दै आएको छ।