विराटनगरका होटलबाट उच्छृङ्खल गतिविधि गरेको आरोपमा १७ महिला नियन्त्रणमा
विराटनगरको बसपार्क क्षेत्रका विभिन्न होटलमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले १७ महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले सोमबार बसपार्क क्षेत्रका होटलहरूमा अनुगमन तथा निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका महिलालाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको प्रहरीले जनाएको छ।
होटल तथा बसपार्क क्षेत्रमा हुने गतिविधिमाथि निगरानी बढाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।