झापामा सर्ट गनसहित २० वर्षीय युवक पक्राउ
झापा — झापामा सर्ट गनसहित एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय दमकको टोलीले दमकबाट सुमन कर्ण नाम गरेका २० वर्षीय युवकलाई सर्ट गनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसन्धुरा खड्काले जानकारी दिइन्।
प्रहरीका अनुसार कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका युवक हुन्। उनीबाट बरामद भएको सर्ट गन जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको हतियार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कर्णलाई नियन्त्रणमा लिएर हतियारको स्रोत तथा उनीसँग हतियार कसरी पुग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा यसअघि पनि विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।