रास्वपा बैठक जारी रहँदा प्रतिनिधिसभाको बैठक अनिश्चित
काठमाडौं — प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बिहानदेखि जारी रहेकाले प्रतिनिधिसभाको बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको निर्धारित बैठकमा ढिलाइ भएपछि संसद् नियमावलीको व्यवस्थामाथि पनि चासो बढेको छ। नियमावलीअनुसार कुनै पनि सभाको निर्धारित बैठक दुई घण्टाभन्दा ढिला भएमा नयाँ समयतालिका टाँस्नुपर्ने प्रावधान छ।
रास्वपाको संसदीय दलको बैठक कहिलेसम्म चल्ने र त्यसपछि प्रतिनिधिसभाको बैठक कहिले बस्ने भन्ने विषयमा अहिले अन्योल कायम छ।