रसुवा बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो
काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि विभिन्न जिल्लामा गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म २७० जनाको शव फेला परेको हो। बाढीको प्रभाव रसुवासहित नुवाकोट, धादिङ, चितवन, गोरखा तथा नवलपरासीका विभिन्न क्षेत्रमा परेको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले शव खोजी, उद्धार तथा राहत वितरणलाई तीव्रता दिएको जनाएको छ।