देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक–एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई तथा भक्तपुरको दुवाकोट, तनहुँको आँबुखैरेनी, झापाको भद्रपुर–५ नयाँबजार, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोक र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट एक–एक जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, नोर्फिन, फेनारगन, ट्रामाडोल र प्रोमेथाजाइन बरामद गरेको जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।