कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा साउन २४ गतेदेखि जारी बैठकमा पार्टीको १५औँ महाधिवेशन, भ्रातृ संगठन, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।
बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। बुधबारको बैठकमा महामन्त्री गुरुराज घिमिरेसहित २८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए।