झापामा जेईबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको गत साता संक्रमणबाट मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा हालसम्म ११ जनामा जेई संक्रमण पुष्टि भएको छ। मृतकमध्ये चार महिला र दुई पुरुष छन्।
स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा जेई परीक्षण बढाउनुका साथै संक्रमणको अवस्था अनुगमन गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरेको जनाएको छ।