चीनले भन्यो– नेपालका दुई नदीको दोभानमा ठूलो ताल बनेको छ, तीन दिनभित्र फुट्छ !
काठमाडौं — चीनको तिब्बतमा छोचेन खोला र पुरेपु साङ्पो नदीको संगम नजिक ठूलो प्राकृतिक बाँधयुक्त ताल बनेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ भने पानी तालबाट बाहिरिनसमेत थालेको छ। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने अनुमान गरिएको छ।
तालमा पानीको मात्रा बढ्दै गएपछि सम्भावित फुट्ने जोखिमलाई ध्यानमा राख्दै चीनले निरन्तर निगरानी तथा प्राविधिक विश्लेषण गरिरहेको छ। सम्भावित ताल फुटेमा आउन सक्ने बाढीको अवस्थाबारे कम्प्युटर सिमुलेसनमार्फत अध्ययन गरी आपत्कालीन उद्धारको तयारी भइरहेको जनाइएको छ।
यसैबीच, सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रको निगरानी, पूर्वतयारी तथा उद्धार क्षमता बढाएका छन्। नेपाल–चीन सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीपछि यो प्राकृतिक बाँधयुक्त ताललाई थप जोखिमको रूपमा हेरिएको छ।