कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा १५औँ महाधिवेशनको तयारीसँगै समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकाका विषयमा छलफल भइरहेको छ। खाना पकाउने ग्यास र रासायनिक मलको सहज आपूर्ति, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा ऊर्जा नीतिबारे पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा जारी बैठकमा सोमबार २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। बाँकी सदस्यले आज आफ्नो धारणा राख्नेछन्।