बुढीगण्डकी आयोजना निर्माण तत्काल सुरु गर्न सांसद गुरुङको माग
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एलिजा गुरुङले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै गोरखाकी सांसद गुरुङले बजेट विनियोजन भइसके पनि निर्माण कार्य सुरु हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
उनले आयोजना प्रभावित धेरै जग्गाधनीले अझै मुआब्जा नपाएको भन्दै बाँकी मुआब्जा तत्काल वितरण गर्न र प्रभावितको उचित पुनर्वास तथा व्यवस्थापन गर्न माग गरिन्। बजेट विनियोजनपछि पनि आयोजना निर्माणमा ढिलाइ हुनु दुःखद् भएको उनको भनाइ छ।