भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता
छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीका अनुसार सवार ४ जनामध्ये २ जना नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गाडी चालक र गाडी मालिक रहेका छन् ।
यस्तै, बनगाड कुपिण्डे नगरपालिका—१, का २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन् ।
उनीहरू दुवै जना नदीमा पौडी खेलेर बाहिर निस्किन सफल भएका थिए । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यान बनगाड कुपिण्डे नगरपालिका १ बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट ५० मिटर तल नदीमा खसेको थियो ।