जापानमा चान–होम चक्रवात अवतरण, सात जना घाइते
पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात बुधबार जापानको इबाराकी प्रान्तमा अवतरण गरेको जापान मौसम विज्ञान विभाग (जेएमए)ले जनाएको छ।
चक्रवात कमजोर हुँदै गए पनि यसको प्रभावका कारण टोकियोसहित कान्तो–कोसिन र तोहोकु क्षेत्रमा बाढीको सम्भावना रहेकाले मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। यो जापानमा यस वर्ष आएको १५औँ टाइफुन हो।
चक्रवातका कारण इवाटेमा दुई, इबाराकीमा चार र तोचिगीमा एक गरी सात जना घाइते भएका छन्। मौसम अधिकारीहरूले तोहोकु, तोकाई र किन्की क्षेत्रमा आगामी २४ घण्टामा १२० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्।