सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार बिहान अनियन्त्रित भई दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार दुर्घटनाका बेला गाडीमा २१ जना सवार थिए। बिहान साढे १० बजे भएको दुर्घटनामा नौ जना घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार कार्य सम्पन्न भइसकेको छ। उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल पठाउने कामसमेत भइसकेको मगराठीले जानकारी दिए। दुर्घटनाको थप विवरण भने आउन बाँकी छ।