बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, तीन जना घाइते
काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो।
दुर्घटनालगत्तै भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
रातको समय र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो। उद्धारलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनसमेत प्रयोग गरेको थियो।