लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई आइतबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले भट्ट पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले भट्टलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।